१४ वर्षअघि डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी पक्राउ

१४ वर्षअघि डिल्लीबजार कारागारबाट भागेका बुढाथोकी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 4.3K
    Shares

पोखरा , १६ माघ २०८१।

काठमाण्डौको डिल्लीबजार कारागारबाट १४ वर्षअघि भागेका कैदी पक्राउ परेका छन्।

ओखलढुंगाको लिखु गाउँपालिका– २, कुवापानी घर भई हाल काठमाडौँको गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्।

उनलाई बुधबार गोंगबुबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको छ।

परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनी ०६७ साउन २९ मा डिल्लीबजार कारागारबाट भागेका थिए। काठमाडौँ जिल्ला अदालतले २०६६ फागुन २५ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरी तीन वर्ष कैद र तीन लाख रूपैयाँ जरिवाना तोकेको थियो। त्यसै फैसलाअनुसार कारागार चलान भएका उनी त्यसको पांच महिनामै भागेका थिए। कारागारमा उनी नाइके थिए। प्रहरीका अनुसार, नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार