मौरीले टोकेर भाग्न खोज्दा चितवनमा लडेर गम्भीर घाइते ८८ वर्षीय बृद्धको मृत्यु

मौरीले टोकेर भाग्न खोज्दा चितवनमा लडेर गम्भीर घाइते ८८ वर्षीय बृद्धको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ माघ २०८१
  • 4.9K
    Shares

पोखरा , १६ माघ २०८१।

चितवनमा मौरीले टोकेर भाग्न खोज्दा लडेर गम्भीर घाइते भएका एक बृद्धको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका–२२ पकौडीका ८८ वर्षीय यदुविलास पोखरेलको उपचारको क्रममा मृत्यु भएको हो।

मंगलवार बेलुका ५ः४५ बजेको समयमा ढलेको रुखको जरामा रहेको मौरी निकाल्ने क्रममा मौरीले टोकेपछि भाग्ने क्रममा पोखरेल एक्कासी लडेका थिए । लडेर गम्भीर घाइते भएका पोखरेलको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलवार बेलुका ६ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सांकेतिक चित्र

प्रतिक्रिया
सम्बन्धित समाचार