कैलालीमा मध्यराती कैंचीले हानेर दाजुको हत्या गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१७ का ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैंचीले हानेर हर्या गरेका हुन्।
घरायसी विवादमा सामान्य भनाभन हुँदा भाइ प्रकाशले दाजु लालबहादुरको घाँटीमा कैंचीले हानेको र सोही चोटकारण दाजुको मिसन अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले बताए।
प्रहरीले भाइ प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रवक्ता खड्काले बताए।