डोनल्ड ट्रंपको चुनावी अभियानलाई सहयोग पुर्याउन ‘ह्याकीङ’आरोपमा रुसी प्राविधिक पक्राउ

डोनल्ड ट्रंपको चुनावी अभियानलाई सहयोग पुर्याउन ‘ह्याकीङ’आरोपमा रुसी प्राविधिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २८ चैत्र २०७३
  • 12.5K
    Shares

Hacker Pyotr Levashov

रुसी कम्युटर प्राविधिक प्योत्र् लेभाशोभलाई एप्रिल सात तारिखमा स्पेनको बार्सिलोनामा पक्राउ गरिएको र त्यसपछि उनलाई हिरासतमा राखिएको स्पेनी सञ्चार माध्यमले जनाएका छन्। एक कानुनी सुत्रले एएफपी समाचारसंस्थालाई बताएअनुसार अमेरिकाले लेभाशोभलाई सुपुर्दगी गर्न अनुरोध गरिरहेको थियो। त्यसविषयमा स्पेनको राष्ट्रिय फौजदारी अदालतले जाँचबुझ गर्न बाँकी रहेको बताइएको छ।

एल कन्फीदेन्सीयल समाचार वेबसाइटका अनुसार डोनल्ड ट्रंपको चुनावी अभियानलाई सहयोग पुर्याउने कार्यमा संलग्न भएको आशंकामा लेभाशोभलाई पक्राउ गर्नका लागि अमेरिकी अधिकारिहरुले आवश्यक पुर्जी जारी गरेका थिए। लेभाशोभकी श्रीमती मारियाले रुसी प्रसारण संस्था आरटीलाई अमेरिकी आरोपहरुकै कारण उनको श्रीमान पक्राउ परेको बताएकी छन्।

ब्रायन क्रेबस र अन्य साइबर सुरक्षावीदले लेभाशोभ नै पिटर सेवेरा भनिने रुसी स्पाम विशेषज्ञ भएको आशंका गरेका छन्। गत जनवरीमा सार्वजनिक भएको एक अमेरिकी गुप्तचरी प्रतिवेदनले रुसी राष्ट्रपति पुटीनले ट्रंपलाई जिताउन सहयोग पुर्याएको हुनसक्ने आरोप लगाएको थियो। ट्रंप र पुटीनले त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार