क्यानाडामा भएको सडक दुर्घटनामा परेर नेपाली युवा गायक युवा युनेश गिरीको निधन

क्यानाडामा भएको सडक दुर्घटनामा परेर नेपाली युवा गायक युवा युनेश गिरीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ पुष २०८१
  • 7.1K
    Shares

पोखरा, २८ पुस २०८१

क्यानाडामा भएको सडक दुर्घटनामा परेर नेपाली युवा गायक युवा युनेश गिरीको निधन भएको छ। क्यानाडाको ब्राम्टन शहरमा बसोवास गर्दै आएका उनकाे गत मंगलबार सडक दुर्घटनामा परि निधन भएको हो ।

खोटाङ घर भएका गिरीको शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ क्यानडाले आर्थिक संकलन अभियान समेत संचालन गरेको छ।

परिवारले गिरीको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको निम्ति आग्रह गरेपछि ‘गो फन्ड मी’ अभियान संचालन गरिएको संघले जनाएको छ। संघले सक्दो सहयोगको लागि सबैलाई अपिल समेत गरेको छ।

प्रतिक्रिया