भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन


  • एजेन्सीहरु
  • शुक्रबार, १२ पुष २०८१
  • 4K
    Shares

पोखरा,१२ पुष मंसीर २०८१।

भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहिबार राती दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंहको अस्पतालमा उपचारकै क्रममा बिहिबार राति नौ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले एक मेडिकल बुलेटिन जारी गर्दै पुष्टि गरेको हो।

बिहीबार अचानक स्वास्थ्य बिग्रिएपछि सिंहलाई दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो । अचानक बेहोस भएर बिहीबार राति ८ बजेर ६ मिनेट जाँदा इमरजेन्सीमा भर्ना गरिएका सिंहको ९ बजेर ५१ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । तमामा कोशिसका बाबजुद सिंहलाई बचाउन नसकिएको समेत अस्पतालले जनाएको छ ।

मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’

र्वप्रधानमन्त्री सिंहलाई अस्पताल भर्ना गरिएलगत्तै कर्नाटकको बेलगावीमा जारी कांग्रेस कार्यसमिति बैठक रद्द गरिएको थियो । साथै पुस २७ गते गरिने भनिएको सबै कार्यक्रमहरु रद्द गरिएको छ । कांग्रेस आईका नेता राहुल गान्धी र सो पार्टीका अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन् ।
सिंहको जन्म १९३२ सेप्टेम्बर २६ मा भारतको पञ्जाबमा (अहिले पाकिस्तान) भएको थियो । त्यसबेला भारत र पाकिस्तान छुट्टिएका थिएनन् ।

प्रतिक्रिया