अमेरिकाको न्युयोर्कमा रेलभित्र महिलालाई आगो लगाइयो, संदिग्ध पक्राउ

अमेरिकाको न्युयोर्कमा रेलभित्र महिलालाई आगो लगाइयो, संदिग्ध पक्राउ


  • एजेन्सीहरु
  • सोमबार, ८ पुष २०८१
  • 5.7K
    Shares

पोखरा,८ पुष मंसीर २०८१।

अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनमा एक महिलालाई रेलभित्रै जलाएर मारिएको छ। पुलिस कमिस्नर जेसिका टिशका अनुसार महिला रेलमा सुतिरहेका बेला ती महिलाको लुगामा लाइटरले आगो लगाउदा जलेर महिलाको घटनास्थलमै मृत्यु भएको पुलिस कमिस्नर जेसिका टिशले जानकारी दिए।

बीबीसीका अनुसार,आइतबार बिहान करिब ७ः३० बजे शंकास्पद व्यक्ति ती महिलाकहाँ पुगेका थिए। यो आक्रमण हुनुअघि उनले ती महिलालाई भेटेका थिएनन्। गस्तीमा रहेका प्रहरी आगो निभाउन दौडेपछि संदिग्ध व्यक्ति रेलबाट हाम फालेका थिए।

प्रहरीले पीडितको पहिचान र घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेको छ। उक्त प्रकरणमा प्रहरीले एकजना संदिग्धलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार संदिग्ध व्यक्ति अर्को सबवे ट्रेनमा समातिएका हुन्।

प्रतिक्रिया