पोखरा,६ पुष मंसीर २०८१।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित एक अति ब्यस्त सडकमा एक जना पाइलटले आफ्नो जहाज सकुशल रुपमा अवतरण गराएका छन्।
अमेरिकाकै अल्बानी जाँदै गरेको आई ८७ मा विमान कुनै नोक्सान बिना नै शुक्रबार दिउँसो राजमार्गको व्यस्त सडक अल्बानी बाहिर एक्जिट २३ को आसपासमा सकुशल अवतरण भएको प्रहरीले जनाएको छ ।
पाइलट र दुई यात्रु सवार उक्त जहाज सकुशल अवतरणलाई चामात्कारिक मानिएको छ। चमत्कारिक रूपमा विमानले कुनै पनि सवारी साधनलाई समेत धक्का नदिएको प्रहरीले शुक्रबार पत्रकारहरूलाई जानकारी दिएको छ । कुनै पनि सवारी साधनलाई ठक्कर नदिई र कसैलाई चोटपटक नलगाई एउटा विमान राजमार्गमा अवतरण गर्नु एकदमै अनौठो भएको प्रहरीको भनाई छ ।
एस एण्ड एस एभिएसनमा दर्ता भएको उक्त विमान साउथ क्यारोलिनाबाट अल्बानी अन्तर्राष्ट्रिय विमानस्थलको लागि यात्रा गरिरहेको थियो । विमानले केही धमिलो र बरफको अवस्थाको बीचमा इन्जिन समस्या अनुभव गर्न थालेपछि आपतकालीन अवतरण गरिएको हो ।
पाइलटले अल्बानी एयरपोर्टमा एयर ट्राफिक कन्ट्रोललाई शान्तपूर्वक आपतकालीन अवतरण गर्न लागेको जानकारी दिएका थिए । तर पाइलटले थप केही माइल उडान गर्न नसक्ने महसुस गरेपछि विमान राजमार्गमा नै अवतरण गर्नुपरेको थियो ।