अमेरिकाको जर्जियास्थित एक रिसोर्टमा ११ जना भारतीय मृत भेटिए

अमेरिकाको जर्जियास्थित एक रिसोर्टमा ११ जना भारतीय मृत भेटिए


  • एजेन्सीहरु
  • मंगलबार, २ पुष २०८१
  • 4.2K
    Shares

पोखरा,२ पुष मंसीर २०८१।

अमेरिकाको जर्जियास्थित गुदौरी भन्ने स्थानमा ११ जना भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन्। जर्जियाको गुदौरीस्थित एक स्की रिसोर्टको दोस्रो तलामा ११ भारतीय र एक जर्जियाई गरी १२ जनाको शव फेला परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै विभिन्न संचार माध्यमहरुले समाचार लेखेका छन्।

एएफपी समाचार एजेन्सीका अनुसार उनीहरु सुत्ने ठाउँमा मृत फेला परेका थिए र प्रारम्भिक अनुसन्धानमा शवमा घाउचोट लागेको पनि देखिँदैन । अधिकारीहरुका अनुसार शुक्रबार बत्ती गएपछि त्यहाँ तेलबाट चल्ने जेनेरेटर प्रयोग गरिएको थियो । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ । कार्बन मोनोअक्साइड ग्याँसका उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान छ ।

जर्जियाको तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो एक्स अकाउन्टमार्फत् यो जानकारी दिएको हो । अमेरिकास्थित भारतीय दूतावासले यस सम्बन्धमा थप जानकारी जुटाउन र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया