अमेरिकी शहर शिकागोमा १४ वर्षीय किशोरलाई १५ वर्षीय किशोरीमाथि यौन उत्पीडन गरेको आरोपमा गिरफ्तार गरिएको छ । यो यौन उत्पीडनको प्रत्यक्ष प्रशारण भयो । प्रहरीले किशोर नाबालक भएका कारण उसको नाम सार्वजनिक गरेको छैन । तर ती किशोरमाथि आपराधिक घटनामा जोडिएको तथा चाइल्ड पोर्नोग्राफीको प्रसारको घटनामा मुद्दा दर्ता गरिएको छ ।
यो घटना गत महिनाको हो, जब किशोरीमाथि पाँचदेखि ६ जनाले बलात्कार गरेका थिए । यो भिडियो करिब ४० जनाले प्रत्यक्ष रुपमा हेरेपनि कसैले प्रहरीमा उजुरी गरेक थिएनन् । एक किशोरले ती किशोरीका आफन्तलाई सो घटनाबारे जानकारी दिएका थिए ।
बलात्कारको शिकार भएकी किशोरी १९ मार्चमा चर्च गएकी थिइन् । फर्किने क्रममा घर नजिकै वेपत्ता भएकी थिइन् । २१ मार्चमा उनी घर फर्किदा फेसबुकमा आइसकेको थियो । यो घटनामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।