बेलायती राजा चार्ल्सबिरुद्ध अष्ट्रेलियाको संसदमा नाराबाजी : “अस्ट्रेलियाली जनताको नरसंहारकर्ता” भएको आरोप

बेलायती राजा चार्ल्सबिरुद्ध अष्ट्रेलियाको संसदमा नाराबाजी : “अस्ट्रेलियाली जनताको नरसंहारकर्ता” भएको आरोप


  • एजेन्सीहरु
  • मंगलबार, ६ कार्तिक २०८१
  • 2.6K
    Shares

बेलायती राजा चाल्र्स्बिरुद्ध अस्त्र्लियाको संसदमा नारा लगाउदै सांसद

पोखरा,६ कार्तिक २०८१।

अष्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका बेलायती राजा चार्ल्सबिरुद्ध एक सांसदले नाराबाजी गरेकी छिन्।

अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न लागेका बेलायती राजा चार्ल्सबिरुद्ध नाराबाजी गर्दै सिनेटर लिडिया थोरपेले बेलायती राजालाई “राजा” नभई हत्यारा भएको आरोप लगाइन्। सिनेटर लिडिया थोरपेले भनिन्, ‘तिमी राजा हाेइनौं, हत्यारा हौँ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ।’

सोही समयमा सिनेटर लिडियाले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको सम्पत्ति र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह गरेकी थिइन्। लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै संसदमै नारा लगाइन्।

राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत कपडामा संसद पुगेकी थिइन्। नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरुलाई संसदबाट बाहिर निकालेका थिए।

संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले राजा अष्ट्रेलियाको औपचारिक प्रमुख रहेसम्म बेलायती साम्राज्यको विरोध गरिरहने बताइन्। अरु देशका राजाले हामीलाई आदेश दिन नसक्ने उनले बताइन्।

लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन्। उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन्।

सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई ‘औपनिवेशिक महामहिम’ भनेर सम्बोधन गरेकी थिइन्। यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो।

राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन्। यस भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमै थिइन्।

अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भए पनि संवैधानिक राजतन्त्र कायमै छ। अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ।

यद्यपि, १९९९ मा भएको जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए। सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ।

प्रतिक्रिया