भ्रष्टाचार विरुद्धको प्रदर्शनबाट रुसका विपक्षी नेता नाभाल्नीसहित पाँच सय जना पक्राउ

भ्रष्टाचार विरुद्धको प्रदर्शनबाट रुसका विपक्षी नेता नाभाल्नीसहित पाँच सय जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ चैत्र २०७३
  • 12.8K
    Shares

भ्रष्टाचार विरुद्ध राजधानी मस्कोमा भइरहेको प्रदर्शनको क्रममा विपक्षी नेता नाभाल्नीसहितलाई प्रहरीले पक्राउ गरेको छ । रुसमा भ्रष्टाचारविरुद्ध अभियान चलाउँदै आएका नाभाल्नीले सत्तामा रहेका व्यक्तिहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै आएका छन ।

मस्कोमा भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री दिमित्री मेड्भेडेभ भ्रष्टाचारमा संलग्न रहेको भन्दै राजीनामा माग गरेका छन् ।

पक्राउ परेका नाभाल्नीले आफू पक्राउ पर्नुमा राजनीतिक पूर्वाग्रह रहेको आरोप लगाएका छन् । उनले आफू पक्राउ परे पनि भ्रष्टारचार विरोधी आन्दोलनमा सक्रिय सहभागी हुन समर्थकहरुलाई अपील गरेका छन् ।

सन् २०११/१२ मा भएको सरकार विरोधी आन्दोलनपछि मस्कोमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन मानिएको छ ।(एजेन्सी)

प्रतिक्रिया
सम्बन्धित समाचार