गोली लागेर घाइते बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज

गोली लागेर घाइते बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असोज २०८१
  • 12.6K
    Shares

बलिउड अभिनेता गोविन्दा डिस्चार्ज

पोखरा,१९ असोज २०८१।

गोली लागेर घाइते भएका बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।

अक्टोबर १ को बिहान खुट्टामा गोली लागेपछि अस्पताल भर्ना भएका उनी तीनदिनपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अस्पताल बाहिर ह्वीलचेयरमा देखिएका बलिउड अभिनेता गोविन्दाले सबैलाई धन्यवाद दिए। उनले मिडियासँगको कुराकानीमा अघि भने,” ‘सबैलाई धन्यवाद । म विशेष गरी आफ्नो प्रशंसकलाई मेरो लागि यति धेरै प्राथना गर्नका लागि धन्यवाद दिन चाहन्छु। म उनीहरूको मायाको लागि मनैदेखि धन्यवाद दिन चाहन्छु।’

आफ्नै लाइसेन्स प्राप्त रिभल्भर सफा गर्ने क्रममा गल्तीले गोली चल्दा उनको खुट्टामा लागेको थियो। त्यसपछि उनी अस्पताल भर्ना भएका थिए। अभिनेता गोविन्दासँग छोरी टीना र श्रीमती सुनिता पनि देखिएका थिए ।

प्रतिक्रिया