जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट : ८० भन्दा धेरै उडान प्रभावित

जापानी विमानस्थलमा अमेरिकी बम बिष्फोट : ८० भन्दा धेरै उडान प्रभावित


  • एजेन्सीहरु
  • शुक्रबार, १८ असोज २०८१
  • 7K
    Shares

पोखरा,१८ असोज २०८१।

जापानमा एक यात्रुबाहक जहाज उड्नासाथ बम विष्फोट भएको छ । दक्षिण पश्चिम जापानको विमानस्थल मियाजाकीमा यस्तो बिष्फोट भएको हो ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार यात्रु बाहक जहाज उडेको झण्डै एक मिनेटपछि बम बिष्फोट भएको हो । बिष्फोट भएको बम अमेरिकी बम भन्ने अनुमान गरिएको छ ।

बीबीसीका अनुसार दोस्रो विश्व युद्धताका राखिएको बम विष्फोट भएको हो । यसबाट कुनै मानवीय क्षति भने भएको रिपोर्ट सार्वजनिक भएको छैन ।

बम धावनमार्गमा लुकाएर राखिएको पाइएको बीबीसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे बम विष्फोट भएको बताइएको छ ।

बिष्फोटपछि ८० भन्दा धेरै उडान प्रभावित भएका थिए । सात मिटरको भ्वाङ पारेर बम पड्किँदा छेउछाउमा कुनै जहाज नभएर मानविय क्षति नभएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया