न्युयोर्कको हिन्दु मन्दिरमा तोडफोड, भारतले गर्‍यो विरोध

न्युयोर्कको हिन्दु मन्दिरमा तोडफोड, भारतले गर्‍यो विरोध

  • एजेन्सीहरु
  • मंगलबार, १ असोज २०८१
  • 3.5K
    Shares

पोखरा,१ असोज २०८१।

अमेरिकाको न्युयोर्कस्थित मेलभिलमा रहेको एक हिन्दु मन्दिरमा सोमबार तोडफोड भएको छ।

न्युयोर्कस्थित भारतीय महावाणिज्य दूतावासले घटनाको कडा विरोध गरेको छ र यसमा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।

भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ- न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ।

दूतावासले अगाडि लेखेको छ- न्युयोर्कस्थित भारतीय वाणिज्य दूतावास समुदाय (स्वामिनारायण समुदाय) सँग सम्पर्कमा छ। यस घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न अमेरिकी कानुन एजेन्सीहरूसँग यो विषय उठाइएको छ।

भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ- न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ।

प्रतिक्रिया