भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा निधन


  • एजेन्सीहरु
  • बिहिबार, २७ भाद्र २०८१
  • 2.3K
    Shares

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको ७२ वर्षको उमेरमा आज निधन भएको छ ।

लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा उपचाराकी क्रममा निधन भएको हो।

अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो । पछिल्लो २५ दिनदेखि उनको उपचार चलिरहेको थियो । उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उ

सन् १९५२ अगष्ट १२ मा जन्मिएका येचुरीकी श्रीमती, एक छोरा र एक छोरी छन् । उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो । उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए । उनी पार्टीमा तीन पटकसम्म महासचिव बनेका थिए ।

येचुरीकी पत्नी सीमा चिश्ती पत्रकार हुन् । एक अन्तरवार्तामा उनले आफूलाई पत्नीले आर्थिक रूपमा सघाइरहेको बताएका थिए । उनको पहिलो विवाह इन्द्राणी मजूमदारसँग भएको थियो ।

नेपालको शान्ति प्रक्रियालाई समेत येचुरीले सघाएका थिए । पत्रकार सुधीर शर्माका अनुसार नेपालमा जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए ।

त्यस बेला भारतको केन्द्रीय सरकारमा येचुरीको दल सीपीएम समेत थियो, जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन भूमिका खेलेको थियो ।

जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । नेपालमा उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको पत्रकार शर्माले बताए ।

‘नेपालमा राजासँग होइन, दलहरुसँग भारतले नजिक व्यवहार गर्नुपर्छ भनेर सत्ता गठबन्धनमा रहेका येचुरीले लबिइङ गर्थे,’ शर्माले भने, ‘नत्र पहिले राजासँगमात्रै भारतले बढ्ता व्यवहार गर्थ्यो ।’

प्रतिक्रिया