बलिउड अभिनेत्री ट्विङ्कल खन्नामाथि यौन दुर्व्यवहार

बलिउड अभिनेत्री ट्विङ्कल खन्नामाथि यौन दुर्व्यवहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० चैत्र २०७३
  • 19.4K
    Shares

अक्षय कुमारकी पत्नी ट्विङ्कल खन्नाले आफु यौन दुर्व्यवहारको शिकार भएको बताएकी छिन्। एक भारतीय पत्रिकामा एक लेख लेख्दै उनले यस्तो बताइएकी हुन । कामको सिलसिलामा एक धनी क्लाइन्टले मोबाइलमा अश्लील म्यासेज गरेको उनले पत्रिकामा लेखेकी छिन्।

‘मिसेज फनीबोन्स’ र ‘द लिजेन्ड अफ लक्ष्मीप्रसाद’ जस्ता किताब लेखिसकेकी खन्नाले पत्रिकामा थप लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसंग भएको छ, जो फिल्मको भित्ता मुक्का मारेर तोडिदिन्छ। तर यसको बावजुद मान्छेहरुले मलाइ छोडेनन् । यस्तोमा ती महिलाको हालत के हुन्छ होला, जसलाई कामको सिलसिलामा घर छोडर बाहिर हिड्नुपर्छ।’

प्रतिक्रिया