रसियाली प्रतिपक्षी नेता नाभाल्नीमाथि आक्रमण

रसियाली प्रतिपक्षी नेता नाभाल्नीमाथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ चैत्र २०७३
  • 10.3K
    Shares

रसियाका प्रतिपक्षी नेता अलेक्सै नाभाल्नीलाई साइबेरियाली सहर बरनाउलमा ‘औषधिजन्य हरियो पदार्थ’ को प्रयोग गरी आक्रमण गरिएको छ । नाभाल्नीले आफूमाथि अज्ञात व्यक्तिले सोमबार आक्रमण गरेको एक ट्वीट सन्देशमार्फत् जनाएका  छन् ।

उनले भने, ‘मैले बर्नाउलमा ‘द मास्क’ चलचित्रमा जस्तै हरियो अनुहारसहित आफ्नो दलको मुख्यालय खोल्न लागेको जानकारी गराउँद छु । हलिउडको सुपरहिरोले जस्तै हरियो मास्क (आक्रमणका कारण बनेको हरियो अनुहारलाई चित्रण गर्दै) लगाएर कार्यक्रममा सहभागी हुनेछ ।’

हरियो औषधिजन्य पदार्थ, जसलाई खासगरी रसियामा ‘एन्टी सेफ्टिक’का रुपमा प्रयोग गरिन्छ, नाभाल्नीको अनुहारमा छर्किएको र आक्रमण गरिएको थियो । नाभाल्नीले आफूमाथि आक्रमण हुँदा एक साथीसँग हात मिलाउँदै थिए ।

नाभाल्नीले सन् २०१८ मा हुने रसियाली राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न देश दौडाहामा रहेका  छन् । नाभाल्नीका समर्थकले आक्रमण राजनीतिक प्रतिशोध स्वरुप गरिएको भनी विरोध जनाएका छन् । रासस/एपी

– See more at: http://nepall.net/nepal/198084/#sthash.3LhZZW9B.dpuf

प्रतिक्रिया
सम्बन्धित समाचार