बंगलादेशको प्रम हसिनाले देश छाडेर भागिन् : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

बंगलादेशको प्रम हसिनाले देश छाडेर भागिन् : अन्तरिम सरकार बनाउने सेनाको घोषणा


  • एजेन्सीहरु
  • सोमबार, २१ साउन २०८१
  • 5.6K
    Shares

शेख हसिना, बंगालादेशी सेना प्रमुख उज–जमान

पोखरा, २१ साउन २०८१।

बंगलादेशमा व्यापक हिंसात्मक प्रदर्शन भएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारत भागेकी छिन्। प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागे पछि बंगलादेशको सेनाले अन्तरिम सरकार बनाउने घोषणागरेको छ।

देश छाडेर भागेकी शेख हसिना सवार विमान सोमबार साँझ भारतको उत्तर प्रदेशको गाजियाबादस्थित हिन्डन एयरबेसमा अवतरण गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। उक्त एयरबेसमा अवतरण गरेको विमानमा इन्धन भरिने र त्यसपछि लन्डन प्रस्थान गर्ने भारतीय संचार माध्यमहरुको समाचारमाउल्लेख छ।

बंगलादेश वायुसेनाको विमानबाट भारत पुगेकी हसिनालाई एयरबेसमा भारतीय वायुसेवाका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार शेख हसिनाकी बहिनी पनि त्यहाँ छन्। दुवैजनासँग केही सामान पनि छन्।

यता बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडिसकेपछि पनि प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको भीड जम्मा भएको थियो । उनीहरु कर्फयुको आदेशपनि अवज्ञा गर्दै त्यहाँ ढुंगामुढा गर्न पुगेको जनाइएको छ । त्यहाँ आन्दोलनकारीले उनको आवासमा ढुंगामुढा गरेका थिए ।

सेनाले समर्थन नगरेका कारण हसिना भागेको पाइएको छ । त्यहाँका सेनापतिले जनताको भावना विपरीत नजाने गएको शनिबार मात्रै बताएको थियो ।

यसैबीच बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

सरकारी रोजगारीमा रहेको आरक्षण (कोटा प्रणाली) को विरोधमा आन्दोलनरत विद्यार्थीहरुको आह्वानमा सोमबार हजारौं मानिस ढाकामा जम्मा भएका छन् । उनीहरु आफ्नो सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् ।

हसिनाले देश छाडेको केहीबेरपछि सेना प्रमुख उज–जमानले पत्रकार सम्मेलन गर्दै अन्तरिम सरकार बनाउने बताएका हुन् ।
अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । तर हसिनाको दल अवामी लिगको भने उनले नाम लिएनन् ।

साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भक्न्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’

उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’

प्रतिक्रिया