“चरमपन्थी” कश्मिर टाइगर्ससंगको भिडन्तमा जम्मु-कश्मिरमा भारतीय सेनाका क्याप्टेनसहित ११ जना मारिए

“चरमपन्थी” कश्मिर टाइगर्ससंगको भिडन्तमा जम्मु-कश्मिरमा भारतीय सेनाका क्याप्टेनसहित ११ जना मारिए


  • जन संचार
  • बुधबार, २ साउन २०८१
  • 5.3K
    Shares

भारतीय सेनाका क्याप्टेन बृजेश थापा

“बिबादित” जम्मु-कश्मिरमा चरमपन्थी संगठन कश्मिर टाइगर्ससंगको भिडन्तमा परेर पछिल्लो १० दिनमा भारतीय सेनाका एक जना क्याप्टेनसहित ११ जना सैनिकको मृत्यु भएको छ। मंगलबार मात्रै डोडास्थित डेसा जंगलमा भएको भिडन्तमा क्याप्टेनसहित ५ भारतीय सैनिक मारिएका हुन् ।

मंगलबार भएको उक्त भिडन्तका क्रममा भारतीय सेनाका क्याप्टेन ब्रिजेश थापा, नायक डी राजेश तथा सिंपाहीहरू विजेन्द्र र अजय भारतीय सेनालाई उद्धृत गर्दै बिभिन्न संचार माध्यमहरुले समाचार लेखेका छन्।

भारतीय सेनाका जवानले जंगलमा घेरेर चरमपन्थी कश्मिर टाइगर्सका कार्यकर्तामाथि आक्रमण शुरु गरे पछि प्रतिरक्षामा उनीहरुले हानेको गोली लागेर भारतीय सेनाका अधिकृत तथा जवानहरुको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। यसक्रममा भारतीय सेनाका जवानले पनि जवाफी फायरिङ गरेका पनि प्राप्त समाचारमा जनाइएको छ।

अहिले पनि उक्त जंगल इलाकामा सेनाले सर्च अपरेशन चलाइरहेको छ । सेनाले उनीहरूलाई ड्रोन र हेलिकोप्टरमार्फत खोजिरहेको छ ।

डोडाको डेसा जंगल इलाकामा भारतीय सेनाको युनिट राष्ट्रिय राइफल्सले जम्मु-कश्मिर पुलिसक स्पेशल अपरेशन ग्रुपसँग मिलेर खोजी अभियान चलाएको थियो । सोमबार साँझ ७ बजेदेखि राष्ट्रिय राइफल्स र एसओजीका जवान जंगलमा पसेर कारबाही थालेका थिए । यसक्रममा चरमपन्थीले धराप लगाएर सेनाका जवानमाथि गोली बर्साएका थिए ।

डोडा इन्काउन्टरमा सेनाका जवानको ज्यान लिएको घटनाको जिम्मा चरमपन्थी संगठन कश्मिर टाइगर्सले लिएको छ । ‘कश्मिर टाइगर्स’ले विज्ञप्ति निकालेर भारतीय जवानले ‘मुजाहिद्दिन’को खोजी अभियान थालेपछि जवाफी कारबाही गरेको जनाएको छ ।

यसअघि ८ जुलाईमा जम्मु-कश्मिरकै कठुआको बदनोटा इलाकामा सेनाको गस्ती टोलीमाथि हमला हुँदा ५ जना मारिएका थिए ।

प्रतिक्रिया