कसको हो बेवारिसे चार ट्रक सालको काठ ?

कसको हो बेवारिसे चार ट्रक सालको काठ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ चैत्र २०७३
  • 18.4K
    Shares

प्रहरीले लमजुङको मध्य नेपाल नगरपालिकास्थित दुईपिप्ले बजारबाट चार ट्रक सालको काठ  बरामद गरेको छ । बिहिबार बेलुका साँढे ८ बजे दुईपिप्ले प्रहरीले गस्तीको क्रममा उक्त काठ  बरामद गरेको  हो ।

प्रहरीले सालको काठ लोड गरिएका ना ६ ख ४६८३, ५५१२, २७३५ र ना ५ ख १६४२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । दाउरा भनेर ल्याइएका ति ट्रक चेकजाँचका क्रममा काठ भेटिएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राधेश्याम सिंह सैथवारले बताए ।
बेवारिसे अबस्थामा फेला पारेको भनिएका ती काठ र सालका काठ कसका हुन् भन्ने बारेमा प्रहरीले केही बताएको छैन l नियन्त्रणमा लिएको काठ र ट्रकलाई इलाका वन कार्यालय दुईपिप्ले मार्फत जिल्ला वन कार्यालयमा बुझाइएको छ प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया