पोखरा, २४ असार २०८१/
अमेरिकाको म्याकडोनाल्ड तालमा डुबेर नेपालको जनकपुर घर भएका इन्जिनियर २८ बर्षका राजु झाको मृत्यु भएको छ । अन्य साथीहरुसंगे मोन्टानाको ग्लेशियर नेशनल पार्कमा स्प्रेग क्रिक क्याम्पग्राउन्ड नजिकैको म्याकडोनाल्ड तालमा पौडी खेलिरहेका इन्जिनियर राजु झाको सोही तालमा डुबेर शनिबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार,पोर्टल्यान्ड, ओरेगनमा बस्दै र काम गर्दै आएका इन्जिनियर झा साथीहरूसँग छुट्टी मनाउने क्रममा थिए। पार्क रेन्जरहरूले किनाराबाट ३० यार्ड टाढा र ३५ देखि ४० फिट पानीमुनि झाको शब फेला पारेका थिए । प्रहरीको गोताखोर टोलीले राती ८ बजेर २० मिनेटमा शव निकालेका थिए ।
पौडीको अनुभव नभएका इन्जिनियर झा किनाराबाट झन्डै ३० यार्ड टाढा पुगेपछि डुबेको र उत्रन नसकेपछि घटनाबारे डिस्प्याचलाई बेलुका ६ बजेर २५ मिनेटमा फोन गरिएको थियो भने रेन्जरहरू साँझ ६ बजेर ५० मिनेमा घटनास्थलमा पुगेका थिए। प्रहरीको गोताखोर टोलीले राती ८ बजेर २० मिनेटमा शव निकालेका थिए ।
इन्जिनियर राजु झा सन् २०१९ मा नेपालको जनकपुरबाट कार्बोन्डेलको साउदर्न इलिनोय युनिभर्सिटीमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए। मास्टर्स पछि उनी पोर्टल्याण्डको जेकब्स इन्जिनियरिङमा स्ट्रक्चरल इन्जिनियरको रूपमा काम गर्दै थिए।