केजरीवाललाई अदालतले दियो जमानत, एक लाख धरौटी राखेर शुक्रबार छुट्ने सम्भावना

केजरीवाललाई अदालतले दियो जमानत, एक लाख धरौटी राखेर शुक्रबार छुट्ने सम्भावना


  • एजेन्सीहरु
  • बिहिबार, ६ असार २०८१
  • 3K
    Shares

विधानसभामा बिजय सुनिश्चित भएपछी अरबिन्द केजरीवाल

पोखरा, ६ असार २०८१/

भ्रष्टाचारको आरोपमा जेल जीवन बिताइरहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा छाड्न स्वीकार गरेको छ। राउज एभिन्यु अदालतले बिहीबार (जुन २० मा) दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा हुन पाउने सुविधा दिएको हो।

अदालतले केजरीवाललाई एकलाख रुपैयाँ धरौटी बुझाउन भनेको छ। अदालतको आदेश संगै मुख्यमन्त्री केजरीवाल शुक्रबार जेलबाट बाहिर आउन सक्नेछन्। उता ईडीले भने जमानतविरुद्ध अपिल गर्न ४८ घण्टाको समय मागेको छ। अदालतले भोलि न्यायाधीशसमक्ष यो बहस गर्न सकिने जनाएको छ।

यसअघि ईडीले अदालतलाई ४८ घण्टाका लागि जमानतमा रोक लगाउन भनेको थियो, तर भ्याकेसन बेन्चले यसलाई अस्वीकार गर्‍यो।

भारतको दिल्ली सरकारको मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री अरविन्द केजरीवाल जेल जीवन बिताइरहेका छन् ।

यसअघि सर्वोच्च अदालतले लोकसभा चुनावका लागि २१ दिनको अन्तरिम जमानत दिँदा रिहा भएका केजरीवाल सो अवधि सकिएपछि अप्रिल २ मा पुनः तिहाड जेल फर्किएका थिए। केजरीवाल मार्च २१ मा पक्राउ परेका थिए।

प्रतिक्रिया