स्थानीय तहमा कर्मचारी खटाउने अधिकार सीडीओलाई

स्थानीय तहमा कर्मचारी खटाउने अधिकार सीडीओलाई


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ चैत्र २०७३
  • 8.2K
    Shares

सरकारले गाउँपालिकाका वडाहरुमा नासु सरहका कर्मचारी खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले गाउँपालिकाका वडाहरुमा नासु सरहका कर्मचारी खटाउने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

बैठकले प्रशासन, सामान्य प्रशासन, ईन्जिनियर, लेखा लगायत राजपत्र अनंकित कर्मचारीको नियुक्तिको जिम्मेवारी सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिने निर्णय गरेको कार्कीले बताए। बैठकले विश्व बैंक अन्तर्गत रहेको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त १० अर्ब ७० करोड बराबरको सफ्ट लोन स्वीकार गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए।

यसैगरी बैठकले सरकारले विदेशी लगानी सम्बन्धी योजनाहरुको अनुगमनका लागि उद्योगमन्त्रीको नेतृत्वमा सम्बिन्धित मन्त्रालयका सचिव सदस्य रहने गरी समिति बनाउने निर्णय गरेको छ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको ब्यापार मेला तथा प्रदर्शनीका लागि आवश्यक प्रदर्शनी स्थल निर्माण प्रक्रिया अघि बढाउन बाणिज्य मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले बताए।

प्रतिक्रिया