विश्वकीर्तिमान छुन चुके क्रिकेटर सन्दिप लामिछाने : कसिलो बलिङ तर विकेट मिलेन

विश्वकीर्तिमान छुन चुके क्रिकेटर सन्दिप लामिछाने : कसिलो बलिङ तर विकेट मिलेन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ असार २०८१
  • 10.7K
    Shares

सन्दिप लामिछाने, sandeep-lamichhane

पोखरा, १ असार २०८१/

टी २० विश्वकपमा नेपालका स्पिनर सन्दीप लामिछानेले आफ्नो ४ ओभरको बलिङ कोटा पूरा गरेका छन् । उनले कसिलो बलिङ गर्दै १८ रन मात्र खर्चिए, तर विकेट लिन सकेनन् ।

आज दुई विकेट लिएको भए सन्दीपसँग छिटो १०० विकेटको विश्वकिर्तिमान बराबरी गर्ने मौका थियो । सन्दीपको बलिङमा दक्षिण अफ्रिकी ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए ।

सन्दीपले तीन ओभर बलिङ गर्दासम्म ८ रन मात्र खर्चेका थिए । तर, अन्तिम ओभर केही खर्चिलो भयो । उनको एउटा बलमा करण केसीको खराब फिल्डिङका कारण चौका हुन पुगेको थियो ।

सन्दीपको कसिलो बलिङका कारण अन्य बलरहरुमाथि दक्षिण अफ्रिकी ब्याट्सम्यानहरले रिस्क लिन वाध्य भएका थिए । जसले गर्दा नेपाललाई नियमित विकेट मिलिरहेको छ ।

प्रतिक्रिया