पोखरा, १९ जेठ २०८१/
दुई कार्यकाल नेपालको राष्ट्रपति भएकी विद्यादेवी भण्डारी राज्यले दिने कुनै पनि सुबिधा नलिई
बूढानीलकण्ठ नगरपालिका–२, भंगालमा रहेको आफ्नै निवासमा बस्दै आएकी छिन्।
राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले दलीय आबद्धता त्यागेको घोषणा पनि गरिसकेकी थिइन्। त्यस यता उनको राजनीतिक कार्यक्रमहरुमा सहभागिता रहेकै थिएन पनि। तर जेठ १६ गते काठमाडौंमा आयोजित एमालेको ‘राष्ट्रिय महिला भेला’को उद्घाटन कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा भाषण गर्न पुगिन्। उनले आफ्नो भाषणमा भनिन,म” अब महिलाहरुले नेतृत्व लिन पछि हट्नु हुँदैन। ” महिला भएर महिलाको मात्रै एजेन्डामा सीमित नरहन उनले सुझाव दिइन्। राष्ट्रिय मुद्दामा पहलकदमी लिँदै राष्ट्रको नेतृत्व लिनुपर्ने उनले बताइन्।
‘राष्ट्रिय आवश्यकता फरक भएर गएको छ। तपाईंहरूले महिलाका एजेन्डा मात्रै उठाउने होइन, राष्ट्रिय एजेन्डामा अघि बढ्नुपर्छ र नेतृत्व लिनुपर्छ,’ एमाले महिला भेलाको उद्घाटन समारोहमा पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘त्यसो भयो भने महिलालाई कसैले हेप्न सक्तैन।’
उनले त्यस भाषणमा भने जस्तो कतै उनी कतै नेकपा एमालेको नेतृत्व लिन तयार भएकी हुन् त ? राजनीतिक वृत्तमा ब्यापक चर्चाको बिषय बनिरहेको छ। त्यसो त उनी राष्ट्रपति हुनु भन्दा अघि नेकपा एमालेको राजनीति गर्दै आएकी व्यक्ति हुन्। उनी त्यति बेला नेकपा एमालेको उपाध्यक्ष त थिइन् नै, पार्टीको भात्री संगठन अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भएर काम गरिसकेकी थिइन् पनि। उनले प्रतिनिधिसभाको सदस्य भएर काम गरेको अनुभव पनि छ।
त्यसो त नेत्री विद्यादेवी भण्डारीको बिगत हेर्दा उनीसंग राजनीतिक नेतृत्व गर्न सक्ने काफी अनुभव छ। यति धेरै अनुभवका बाबजुद उनी नेकपा एमालेको प्रमुख सिद्धान्त “जनताको बहुदलीय जनवाद” का उत्पादक तत्कालिन महासचिव मदन कुमार भण्डारीकि धर्मपत्नी पनि हुन्।
“राज्यसत्ता बन्दुकको नालबाट प्राप्त गर्न सकिन्छ” भन्ने कम्युनिष्ट बिचारधाराको दबदबा चलिरहेका एमालेका तात्कालिन महासचिव मदन कुमार भण्डारीले “राज्यसत्ता बन्दुकको नालबाट मात्र हैन जनताको विश्वास जितेर मतदानमार्फत उनीहरुको मत लिएर पनि राज्यसत्ता कब्जा गर्न सकिन्छ” भन्ने आफ्नो बिचारलाई एमालेको पाँचौं महाधिबेशनबाट पारित गराए। त्यही विचारधारालाई अहिले नेकपा एमालेले जनताको बहुदलीय जनवादका रुपमा कार्यन्बयाँ गरिरहेको छ र यही बिचारधाराले नेकपा एमालेलाई पटक-पटक सत्तामा पुर्याएको छ। पार्टीको यही विचारधाराको अनुसरण गर्दै नेत्री भण्डारी दुई पटकसम्म नेपालको रास्ट्रपति भैसकेकी छिन।
त्यसो त केपी शर्मा ओली रहिन्जेल नेकपा एमालेमा अरुले नेतृत्वका लागि कुनै आशा नराखे पनि हुन्छ भन्ने नेता-कार्यकर्ता एमालेभित्र नभएका पनि हैनन्। तर अहिले उनको नेतृत्वमा पार्टीभित्र लाइनसंघर्ष ब्यबस्थित हुन् नसकेको भन्दै ओलीको नेतृत्वदायी भूमिकाप्रति असन्तुष्टि प्रकट गर्ने नेता-कार्यकर्ताहरु पनि बिस्तारै बढिरहेका छन्। तर नेकपा एमालेका वर्तमान अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको सवालमा चट्टानी अडानका लागि उनको पार्टी भित्र र बाहिर सबैले प्रशंशा गर्ने गर्छन। तर उनी आफ्ना विरोधीहरु र फरक मत राख्नेहरुका लागि निर्मम र कठोर हुने गरेकोमा ओलीको आलोचना हुने गरेको छ। कतिपय त अब उनको बैकल्पिक नेतृत्व तयार गरिनुपर्छ भन्नेहरु देखिन थालेका छन्।
एमालेभित्र बैकल्पिक नेतृत्वको खोजी हुन थालिरहेको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बिकल्प नै छैन भन्ने नेता-कार्यकर्ताहरुको बर्चस्व छ। पार्टीभित्र ओली पछि नेतृत्व गर्न पार्टी महासचिव शंकर पोखरेल र बरिष्ठ उपाध्यक्ष बिष्णु पौडेल बीच समूहगत लडाई देखिएको छ। पार्टीभित्र यो समुहगत लडाई पार्टीका लागि प्रत्युत्पादक हुँदै गएको एमालेका नेता-कार्यकर्ताहरुको भनाई छ।
पार्टी नेतृत्वका लागि हुने पार्टीका सबै तहका आन्तरिक चुनाबमा दुई समूहमा विभाजित हुने गरेका छन्। पार्टीभित्रको यस बिबाद समाधान गराउन एमालेभित्रका नेता-कार्यकर्ताहरुले वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली भन्दा मुलुकको दुई पटक राष्ट्रपति भएकी विद्यादेवी भण्डारीलाई उपयुक्त हुने ठानिरहेका छन्।
एमालेका नेता तथा कार्यकर्ताहरुले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो पार्टीको नेतृत्वमा रहेको देख्न चाहेका जस्तो देखिएको छ। तर पार्टीभित्रको वातावरण हेर्दा वर्तमान अधय्क्ष केपी शर्मा ओलीको इच्छाविपरीत उनको बिकल्पमा अर्को नेतृत्व आउने सम्भावना नै नरहेको धेरैको बुझाइ छ।
वर्तमान अध्यक्ष ओलीले सिफारिश गरेमा भने एमालेको अर्को नेतृत्व आउने कुरालाई कसैले अस्वीकार ग्गरेको जस्तो देखिदैन। के ओलीले भण्डारीलाई पार्टी अध्यक्षको रुपमा सिफारिश गर्लान् ? के भण्डारी एमालेको पार्टी अध्यक्ष बन्न तयार भएकी हुन् ? त्यो समयले निर्धारण गर्ने नै छ।