पोखरा, १८ जेठ २०८१/
अमेरिकाको न्युयोर्कस्थित एक अदालतले त्यहाँका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको छ। म्यानहटनस्थित अदालतमा बुधबार साढे ९ घण्टा चलेको बहसपछि इजलासले उनलाई फर्जी कारोबारसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो।
यस्तो अपराधमा दोषी ठहर हुनेमा ट्रम्प अमेरिकी इतिहासमा पहिलो पूर्वउपराष्ट्रपति हुन्। उनी फेरि पनि राष्ट्रपतिका लागि चुनावी दौडमा थिए।
यो निर्णय यस्तो समयमा आएको छ, जतिखेर उनको रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनको तयारी भइरहेको छ। आउँदो जुलाई १५ मा राष्ट्रिय सम्मेलन हुँदै छ भने उनलाई सजाय सुनाउका लागि जुलाई ११ को दिन तोकिएको छ। उनलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ।
फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान हो भन्दै । अदालतको धाँधली पूर्ण निर्णय भएको बताए । उनले यसको सही निर्णय अव जनताले आगामी नोभेम्बर ५ मा गर्ने पनि बताए । यसो त अब फौजदारी मुद्दामै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक कता मोडिने हो, यो सबैको चासोको विषय बनेको छ ।