बेल्जियममा नेपालीको भ्यानमा ट्रक ठोक्कियो, पर्वतका मगरको निधन

बेल्जियममा नेपालीको भ्यानमा ट्रक ठोक्कियो, पर्वतका मगरको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ बैशाख २०८१
  • 58K
    Shares

पोखरा, १५ बैशाख २०८१/

बेल्जियममा भएको सवारी दुर्घटनामा परेर पर्वत घर भएका एक जनाको निधन भएको छ। गत बिहीबार दिउँसो १ बजेतिर बेल्जियमको मोल शहरमा भएको सवारी दुर्घटनामा परेर र्वतको जलजला घर भएका वीर फगामी मगरको निधन भएको हो।

बेल्जियमको मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा मगरले चलाएको भ्यानलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो।

जापानी खानाको व्यवसाय गर्दै आएका फगामी आफ्ना रेस्टुराँहरूमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन जाँदै थिए। उनका श्रीमती, एक छोरी र दुई छोरा छन्।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया