पुगेको दुई महिनामै चितवन भरतपुरकी अधिकारीको साइप्रसमा निधन

पुगेको दुई महिनामै चितवन भरतपुरकी अधिकारीको साइप्रसमा निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १२ बैशाख २०८१
  • 251.2K
    Shares

साइप्रसमा मृत्यु भएकी चितवनको भरतपुर-२७, मगनीकी सुमित्रा अधिकारी

पोखरा, १२ बैशाख २०८१/

चितवनकि एक युवतीको साइप्रसमा निधन भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २७, मगनीकी सुमित्रा अधिकारीको साइप्रसमा निधन भएको हो।

साइप्रस पुगेको दुई महिनामै स्वास्थ्यमा समस्या देखिएकी अधिकारीको सोमबार बिहान साइप्रसको निकोसिया सहरस्थित सरकारी अस्पतालमा मृत्यु भएको नेपाली अवैतनिक वाणिज्य दूतावासले जानकारी दिएको छ।

उनको क्यान्सरको कारण निधन भएको अस्पतालले जानकारी दिएको छ। तर कुन स्तरको क्यान्सर हो भन्ने बारेमा खुल्ने बाँकी रहेको प्राप्त समाचारमा जनाइएको छ।

अधिकारीको मृत्यु संगै विदेश जान नेपालमा गरिने स्वास्थ्य परिक्षण बारे प्रश्न उठेको छ। नेपालमा बिस्तृत स्वास्थ्य परिक्षण गराएर साइपरस पुगेकी अधिकारीको कसरी दुई महिनामै क्यान्सरका कारण निधन भयो ? प्रश्न उठेको छ। क्यान्सर लाग्दासाथ कोही मानिसको मृत्यु नहुने चिकित्सकहरुको भनाई छ। बिस्तृत स्वास्थ्य परिक्षण गरेर साइप्रस पुगेकी अधिकारी दुई महिनामै क्यान्सर लागेर मृत्यु हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया