मलेसियामा दुई हेलिकप्टर आकाशमै ठोक्किए : १० जनाको मृत्यु (भिडियोसहित)

मलेसियामा दुई हेलिकप्टर आकाशमै ठोक्किए : १० जनाको मृत्यु (भिडियोसहित)


  • एजेन्सीहरु
  • मंगलबार, ११ बैशाख २०८१
  • 9.5K
    Shares

पोखरा, ११ बैशाख २०८१/

मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन् । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए।

दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।

स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। बीबीसीले यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको छ।

प्रतिक्रिया