रसिक भावमा शृंगारिक गजल सुनाएर दर्शक-श्रोता लट्ठ पार्ने प्रसिद्ध गजलकार प्रकट पंगेनी ‘शिव’ अलप भए

रसिक भावमा शृंगारिक गजल सुनाएर दर्शक-श्रोता लट्ठ पार्ने प्रसिद्ध गजलकार प्रकट पंगेनी ‘शिव’ अलप भए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ बैशाख २०८१
  • 7.3K
    Shares

मनमा राग पराग भए पो नया बर्ष मनाउनु
भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुशी जनाउनु
अर्को वर्ष बाँचिएछ भने तीनदिन अघि माया साटौला
त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु।

शायद प्रसिद्ध गजलकार प्रकट पंगेनी “शिब”ले नववर्ष २०८१को शुभारम्भका दिन ल्लेखित मुक्तक लेखेर आफ्नो फेसबुकमा पोस्ट गरेका थिए। शायद उनले आफ़्नो लेखा सकिन लागेको अनुभूत गरेका थिए र उनले उनले त्यही मुक्तकमा उजागर गरेका थिए।

उनको यो मुक्ल्तक नै उनको जीवनको सार्वजनिक अन्तिम मुक्तक होला। उनले आफ्नो जीवनको अन्तिम समयमा मुक्तकमार्फत आगामी वर्ष नयाँ वर्ष शुरु हुनु तीन दिन अगावै आफूले संचालन गरेको यशस्वी कटेजमा माया साट्ने गरेको मनोकांक्षा अब कहिल्यै पुरा नहुने भएको छ।

उनै गजलकार प्रकट पंगेनी ‘शिब’ले लाखौँ गजलाप्रेमीलाई स्तब्ध पार्दै आज दिउँसो १२.१० बजे पोखराको मणिपाल शिक्षण अस्पताल पोखरामा अन्तिम स्वास फेरे। जन्डिस, निमोनिया, मुत्र थैली फुटेर स्वास्थ्यमा समस्या आएपछि साेमबार उनी अस्पताल भर्ना भएका थिए।

एकातिर उनको स्वास्थ्यमा समस्या थियो नै, अर्को तिर उनको स्वास्थ्योपचारका लागि रकम अभाव भए पछि पोखरेली संस्कृतिक परिवारले उनको उपचारका लागि आम जनसमुदायमा सहयोगको याचना गरेको थियो। उपचारका लागि रकम संकलन हुँदै थियो। उनको उपचारका लागि पोखरा महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर ६८ वर्षकाे उमेरमा उनले आम साहित्य प्रेमीलाई टुहुरो पारेर यस संसारबाट बिदा भएका छन्।

उनी भाग्यको लहरमा लहरी लहरी कहिले पोखरा त कहिले काठमाण्डौ हान्निरहेका थिए। उनले जिवनका केही वर्ष कृषि संग सम्बन्धित लि बर्ड नामको संस्थामा जागीर खाए। पोखरामा राम्रो आर्टिस्टको पहिचान बनाएका उनले पोखरामा पंगेनी आर्ट सेन्टर पनि चलाएका थिए। लामो समय पोखराका केही बोर्डिङ्ग स्कुलमा उनले अध्यापन पनि गराएका थिए।

रोमान्टिक शब्द र शैलीले उनी पृथक थिए । हरदिन हरपल मन्द मुस्कानसहित बोल्ने साहित्यकार प्रकट पंगेनी ‘शिब’ रसिक भावमा श्रृंगारिक गजलहरु सुनाएर आफ्ना श्रोताहरुलाई मन्त्रमुग्ध पार्दथे पनि।

जीवनको उत्तरार्धमा आएर उनले आफ्नो जन्मथलो कास्कीओ रुपा गाउँपालिका वडा नम्बर ५ देउरालीमा यशस्वी कटेज चलाएर आफ्नो जिविको चलाई रहेका थिए। त्यो कटेजमा उनले साहित्यसँग सम्बन्धि पुस्तकालय बनाएका छन्। उनको त्यो कटेज कला तथा साहित्यप्रेमीहरुको जमघट थलो बन्ने गरेको थियो।

उनको बुधबार दिउँसाे १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरी भलाम उक्लने फुलबारी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ ।

उनकाे परिवारमा श्रीमति, एक छाेरा र एक छाेरी छन् । उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् ।

पोखरा, ४ बैशाख २०८१/

प्रतिक्रिया