यूएईमा एक नेपालीले आफ्नी श्रीमतीलाई अग्लो भवनबाट धकेलेर हत्या गरिदिए

यूएईमा एक नेपालीले आफ्नी श्रीमतीलाई अग्लो भवनबाट धकेलेर हत्या गरिदिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २८ चैत्र २०८०
  • 4.4K
    Shares

यूएईमा आफ्नै पतिले धकेल्दा भवनबाट खसेर मृत्यु भएकी अर्घाखाँचीकी राधा न्यौपाने

पोखरा, २८ चैत २०८०/

संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपालीले आफ्नी श्रीमतीलाई धकेलेर हत्या गरिदिएका छन्। कैलाली घर भएका नेत्रप्रसाद न्यौपानेले आफनी श्रीमती अर्घाखाँचीकी राधा न्यौपानेलाई को अजमानस्थित चाइना मलको भवनबाट धकेलेर हत्या गरेका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका अनुसार, गत आइतबार दुवै जनाले मदिरा पिएको र विवादका क्रममा नेत्रले धकेल्दा राधा भवनबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन्। भवनबाट खसेकी राधाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो।

घटनापछि राधाका पति नेत्र फरार छन्। स्थानीय प्रहरीले उनको खोजी गरिरहेको छ।

राधा नेत्रको दोस्रो पत्नी थिइन्। राधा यूएईमा ब्युटिपार्लरको काम गर्थिन् भने नेत्र एजेन्टको काम गर्थे। दुवै जनासँग यूएईको रेसिडेन्ट कार्ड थिए।

प्रतिक्रिया