क्यानाडामा सवारी दुर्घटना परि मृत्यु भएकी सिंहको तीन हप्तापछि पशुपति आर्यघाटमा अन्त्येष्टि

क्यानाडामा सवारी दुर्घटना परि मृत्यु भएकी सिंहको तीन हप्तापछि पशुपति आर्यघाटमा अन्त्येष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ चैत्र २०८०
  • 29K
    Shares

पोखरा, २६ चैत २०८०/

क्यानाडामा सवारी दुर्घतामा परेर मृत्यु भएकी बझाङकी एक युवतीको नेपालमा ल्याएर पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।

गएको चैत ५ गते क्यानाडामा सवारी दुर्घटनामा परेर मृत्यु भएकी बझाङकी प्रिङ्ङ्का सिंहको आइतबार दिउसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो।

उच्च शिक्षा अध्ययनको लागि क्यानडा गएकी सिंहको चैत ५ गते सवारी दुर्घटनामा परेर मृत्यु भए पछि कानूनी प्रक्रिया गरेर तीन हप्तापछि नेपाल ल्याइएको थियो

प्रिङ्ङ्का सिंह नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय समितिका पूर्व सदस्य एवम् बझाङका शिक्षक ममता शाहकी छोरी हुन् । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानडामा रहेकी थिइन् ।

प्रतिक्रिया