शंखेकिरा टिप्न गएका काका समुद्रमा मृत भेटिए, भतिजा अझै बेपत्ता

शंखेकिरा टिप्न गएका काका समुद्रमा मृत भेटिए, भतिजा अझै बेपत्ता

जापानमा सापकोटा सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ चैत्र २०८०
  • 188.7K
    Shares

पोखरा, २६ चैत २०८०/

शंखेकिरा टिप्न गएका काका-भतिजा मध्ये काका समुद्रमा मृत भेटिएका छन भने भतिजा अझै बेपत्ता छन्।
पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा शंखेकिरा (घुगी) टिप्न गएका नेपालको धादिङ गाउँपालिका पाँच कटुन्जेका नाताले काका भतिजा काका-भतिजा बेपता भएका थिए।

बेपत्ता भएका काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ शब मृत अवस्थामा पानी मुनि फेला परेको छ भने भतिजा ३० वर्षीय टेकबहादुर तामाङ अझै बेपत्ता रहेको पत्रकार नवराज दुवाडिले जानकारी दिएका छन् ।
बेपता टेक बहादुरको खोजिकार्य भइरहेको गैरआवासिय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन् ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसर,
जापानमा अध्ययनरत मकवानपुरको मकवानपुरगढी स्थायी घर भएका गोबिन्द सापकोटा एक हप्तादेखि जापानमै सम्पर्कविहीन भएका छन् ।

जापानको क्योटोस्थित ‘आईएसआई भाषा स्कुल’मा अध्ययन सकिए पछि नागानोस्थित ‘नागानो बिजनेस ल्यांग्वेज कलेज (एनबीएल)मा स्थानान्तरण गर्न २९ मार्चमा हिँडेका थिए । तर, ३० मार्चदेखि सापकोटा स्कुल, कलेज, घरपरिवार र साथीभाइ कसैको सम्पर्कमा नआएको सापकोटाका मामा कृष्णहरि घिमिरेले जानकारी दिए ।

सापकोटाको मोबाइल पनि बन्द रहेको र हराएदेखि नै सामाजिक सञ्जालहरुमा पनि उनी निष्क्रिय रहेको घिमिरेले बताए । नेपालबाट खोजीका लागि पहल गरेपनि अहिलेसम्म सापकोटाबारेमा कुनै जानकारी पाउन नसक्दा चिन्ता बढेको उनले बताए ।

परिवारजनले सापकोटाको खोजी र आवश्यक पहलका लागि जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ र नेपाली समुदायसँग याचना गरेका छन् । सापकोटा सन् २०२२मा अध्ययनका लागि जापान पुगेका थिए ।

प्रतिक्रिया