पोखरा, १६ चैत २०८०/
प्रसिद्ध लेखिका उषा पारखले आफ्नो तेश्रो कृति “Purification of Divine” बजारमा ल्याएकी छिन्। यसभन्दा अघि “Art has Heart” र ‘खुबसुरत कलि” नामका दुई वटा कृति प्रकाशन गरेकी लेखिका पारखले यस पटक Blue Rose Publishers मार्फत आफ्नो तेश्रो कृतिका रुपमा “Purification of Divine” नामको अंग्रेजी उपन्यास बजारमा ल्याएकी हुन्।
उक्त उपन्यासमार्फत “दानव पनि मानव बन्न सक्छन र मानवमा बिज्ञान, अध्यात्म, योग, तपस्या, साधना र कुण्डलिनीमार्फत शक्ति जागरण गराएर मानव सर्व-शक्तिमान बन्नसक्छ” भन्ने देखाउन खोजिएको लेखिका उषा पारकहले जानकारी दिएकी छिन। उक्त उपन्यास बिशेष गरी युके, भारत, क्यानाडा, चीन, जर्मनी र फ्रान्स लगायतका देशहरुका पाठकहरुले बढी रुचाएको उनले दाबी गरिन्। पाठकहरुले उक्त उपन्यास flip kart, wallmart, google play, blue rose लगायतका सामाजिक संजाल र websiteहरुमा हेर्न सकिने उनले बताइन्।
लेखिका उषा पारख संयुक्त राष्ट्र संघका लागि सद्भावना दुत रहेकी छिन भने सन् २०२२, २०२३ र २०२४ मा लगातार तेन् पटकसम्म अन्तरराष्ट्रिय नोबेल शान्ति पुरस्कारका लागि छनोटमा परेकी थिइन्। उनी microsoft world bank लगायत सैयौं संघ संस्थाहरुमा पनि आवद्ध छिन।