ललिता निवास जग्गा अनियमितता प्रकरण : फैसला आज सुनाउने तयारी

ललिता निवास जग्गा अनियमितता प्रकरण : फैसला आज सुनाउने तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ फाल्गुन २०८०
  • 2.3K
    Shares

ललिता निवास

पोखरा, ३ फागुन २०८० /

ललिता निवास जग्गा अनियमितता प्रकरणमा विशेष अदालतले आज फैसला सुनाउने भएको छ । गत मंगलबार नै बहस सकिएको उक्त मुद्दाको फैसला हिजो नै सुनाउने तयारी गरिए पनि फैसला लेख्न समय लागेकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया