पोखरा, २७ माघ २०८० /
गएराती चितवनमा बस दुर्घटना हुँदा २० जना यात्री घाइते भएका छन् । रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गएराती पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीस्थित सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किदा २० जना यात्री घाइते भएका हुन्।
उक्त दुर्घटनामा घाइते भएका २० मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रमुख सुवेदीले बताए ।