रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर

रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ माघ २०८०
  • 7.5K
    Shares

घुस

पोखरा, २६ माघ २०८० /

घूससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ३ महिना कैद सजाय तोकेको छ। उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना भराउने फैसला भएको छ।

यही मुद्दामा वडाध्यक्ष यादव र बिचौलिया विनोद भरलाई मतियार ठहर गरी डेढ महिना कैद २५ हजार रूपैयाँ जरिवाना हुने सजाय तोकिएको छ।

उनीहरू तीनै जना २०७९ चैतमा ५० हजार रूपैयाँ घूससहित गाउँपालिका कार्यालयको चमेना गृहबाट रंगेहात पक्राउ परेका थिए।

उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले पक्राउ गरेको थियो।

प्रतिक्रिया