बागलुङ, २५ माघ २०८० /
बागलुङमा रक्सी खाएर झगडा भए पछि एक युवाले आफ्नै साथीलाई भीरबाट धकेलेर हत्या गरेका छन्। रक्सी खाएर झगडा भए पछि गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ घर भएका राजु भन्ने तेजेन्द्र महतले रक्सी खाएर झगडा भए पछि बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ९ बडागाउँका २४ वर्षीय नबिन गौतम भन्ने नबिन जैसीलाई भीरबाट धकेलेर हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, हाल बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ९ गल्याङस्थित एक रेस्टुरेन्टमा काम गर्दै आएका राजु भन्ने तेजेन्द्र महत र नबिन गौतम भन्ने नबिन जैसी सोही रेस्टुरेन्टमा संगै बसेर रक्सी खाएका थिए। रक्सी खाए पछि बिबाद भएकाकारण महतले जैसीलाई मंगलबार मध्यराती नजिकको भीरबाट धकेलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
जैसीको हत्यामा संलग्न रहेको आरोपमा गल्कोट ९ बडागाउँस्थित मध्यपहाडी लोकमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त महाताबिरुद्ध बागलुङ जिल्ला अदालतमा ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।