सामाजिक अभियन्ता गिभिना मगरले गएराती शुभचिन्तकहरु समक्ष मागिन् माफी : लगाइन् सञ्चार माध्यमहरुलाई दोष

सामाजिक अभियन्ता गिभिना मगरले गएराती शुभचिन्तकहरु समक्ष मागिन् माफी : लगाइन् सञ्चार माध्यमहरुलाई दोष


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ माघ २०८०
  • 17K
    Shares

पोखरा, २५ माघ २०८० /

सामाजिक अभियन्ता गिभिना मगरले गएराती आफ्ना शुभचिन्तकहरुसंग माफी मागेकी छिन् । उनले आफ्नो फेसबुक पेजमा एउटा स्टाटस हालेर आफ्ना शुभचिन्तकहरुसंग माफी मागेकी हुन् ।

उनले आफ्नो स्टाटसमा आफूलाई क्यान्सर नभएको जिकिर गर्दै केही दिन अघि भरतपुर क्यान्सर अस्पतालमा उपचारत अर्चना बहिनिको लाइभ भिडियो बसेर बनाएको भिडियोलाइ तोडमोड गरि गलत समाचारहरु बनाइएको भन्दै संचार माध्यमहरुलाई दोष लगाएकी छिन्।

अहिले आएर आफुलाई क्यान्सर नन्हेको जिकिर गरेकी उनले पांच दिन अघि मात्र सोहि फेसबुक पेजमार्फत “प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मेरो स्वास्थ लाभको कामना गर्नुहुने सबैमा आभार प्रकट गर्दछु ।” भन्दै आफ्नो स्वास्थमा क्रमिक रूपमा सुधार आएको र चिकित्सकको सल्लाह अनुसार अझै केही दिन बेडरेस्ट गर्नुपर्ने देखिएको जानकारी दिएकी थिइन् ।

प्रतिक्रिया