चाइल्ड केयरहोममा सयौं मानव अंगको अवेशष फेला परेपछि ……

चाइल्ड केयरहोममा सयौं मानव अंगको अवेशष फेला परेपछि ……


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २३ फाल्गुन २०७३
  • 10.2K
    Shares

आयरल्यान्डको एक केयर होमनजिकै ठूलो संख्यामा मानव अंगको अवेशष फेला परेको छ । ग्याल्वे काउन्टीको टुआमस्थित क्याथोलिक चर्च संस्थाले अविवाहित आमा र तिनीहरूका बच्चाका लागि चलाएको केयर होमनजिकै उक्त अवशेष फेला परेको हो ।

उक्त स्थानमा ठूलो संख्यामा बच्चालाई गाडिएको बारेमा प्रश्न उठेपछि अनुसन्धान गर्न ‘द मदर एन्ड बेबी केयर होम्स कमिसन’ गठन गरिएको छ ।

आयोगले उत्खनन गर्दा ८ सयभन्दा बढी मानव अंगको अवशेष फेला परेको हो । आयोगले अक्टोबर २०१६ देखि उत्खनन सुरु गरेको थियो ।

उक्त स्थानमा फेला परेको अवशेषले आश्चर्यमा परेको आयोग अधिकारीले जनाएका छन् ।

१९२० को दशकदेखि १९६० को दशकसम्म यहाँ हरेक दुई सातामा एक बच्चाको मृत्यु हुने गरेको थियो । आयोग अधिकारीका अनुसार २० भूमिगत च्याम्बरमध्ये १७ वटामा मानवअंश पाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार