पत्रकार भगिश्वर लिम्बुद्वारा प्रकाशित लिम्बु भाषाको कविता संग्रह थोःक्लाको विमोचन

पत्रकार भगिश्वर लिम्बुद्वारा प्रकाशित लिम्बु भाषाको कविता संग्रह थोःक्लाको विमोचन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ माघ २०८०
  • 5.7K
    Shares

काठमाडौं १३ माघ २०८० /

पत्रकार भगिश्वर लिम्बुको लिम्बु भाषाको कविता संग्रह विमोचन गरिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मंगलबार आयोजित एक समारोहका बीच शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको उक्त कबिता संग्रहको बिमोचन गरिन्।

उक्त कबिता संग्रहमा गद्य र पद्यदुवै शैलीमा तयारी गरिएका ३५ वटा कविताहरु समावेश गरिएका छन । कविताहरुद्धारा लिम्बु समुदायमा रहेका मौलिकता र विगतका वास्तविकताको भाव उदृत गरिएको प्रकाशक तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालका सचिवबलि तेयुङले जानकारी दिए।

उक्त कविता संग्रहविमोचन गर्दै मन्त्री गुरुङले सबैखाले साहित्य सर्जकहरुलाई एउटै थलोमा उभ्याउनका लागि स्थानीय सरकारले समेत सहयोग गर्नु पर्ने बताइन्।

मुन्धुमविद तथा लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृतिप्रति मोह घट्दै गई रहेको बेला कवि भगिश्वरद्धारा प्रकाशित कृति महत्वपुर्ण रहेको दाबी गरे।

कविता संग्रह लेखक कवि भगिश्वर लिम्बुले यस कविता संग्रहले साहित्य प्रेमीहरुलाई कविता मोह बढाउन तथा पछिल्लो पिढीँका कवि वा कवितामा रुचि राख्ने साहित्य प्रेमीहरुलाई कविताप्रति मोह बढाउने अपेक्षा प्रकट गरे।

लिम्बु भाषा र लिपीमापहिलो पटक प्रकाशनभएको थोःक्ला नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेलीमाईतीबीच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषमा थोःक्ला भनिन्छ ।

विगत दुई दशकदेखि पत्रकारितमा कृयाशील हुँदै आउनु भएका भगिश्वर लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर,पत्रकार महासंघ तेह्रथुमका पूर्व उपाध्यक्ष हुन । कृति देवनारिक र श्रीजंगा लिपीमा प्रकाशनगरिएको छ । सानै उमेरदेखि साहित्यमा रुची राख्दै आउनु भएका कवि लिम्बुले फुटकर कविता हाँस्यव्याङग विधाहरु प्रस्तुत गर्दै आएका छन्।

प्रतिक्रिया