पोखरा, ३ माघ २०८० /
गोरखा अस्पतालमा उपचार गराउन आएका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । सोमबार ज्वरो र रुघाखोकीको समस्याले गोरखा अस्पतालमा उपचार गराउन आएका शहीद लखन गाउँपालिका–७ का पुरुषको आरडीटी प्रविधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको गोरखा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट सिद्धार्थ खनालले जानकारी दिए ।
बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको उनले बताए । गोरखामा लामो समयपछि कोरोना संक्रमण देखिएको हो । संक्रमितको स्वास्थ्य उपचार र निगरानीका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरिएको पनि उनले बताए ।