पोखरा, १४ पुष २०८०/
अमेरिकाको न्युयोर्कमा १७ तलामाथिबाट खसेर एक नेपालीको निधन भएको छ। अमेरिकाको न्युयोर्कमा बस्दै आएका सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७, गार्मा लप्चे घर भएका ५७ वर्षीय मिङ्मार लामा शेर्पाकोकाम गर्दै गर्दा १७ तलामाथिबाट खसेर मृत्र्यु भएको हो।
‘गार्मा श्यार्वी छोक्पा यूएसए’का अनुसार यही पुस १२ (डिसेम्बर २८) का दिन न्युयोर्कमा काम गरिरहेका बेला सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–७, गार्मा लप्चे घर भएका ५७ वर्षीय मिङ्मार लामा शेर्पाको निधन भएको हो।
न्युयोर्कमा काम गरिरहेको बेला १७ तलाको भवनबाट खसेर बिहिबार उनको मृत्यु भएको बताइएपनि थप विवरण प्राप्त भएको छैन ।
शेर्पाको निधनप्रति गार्मा शरर्वी छोक्पा अमेरिका परिवारले आफू स्तब्ध भएको उल्लेख गर्दै आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गरेको छ । साथै यस दुःखद घडीमा शोकाकुल परिवारजन र आफन्तजन सबैमा भावपूर्ण समवेदना व्यक्त गरिएको छ ।
शेर्पाको परिवारजनको तर्फबाट शेर्पा किदुगको रिग्जेन छोखोर्लिङ गुम्बामा डिसेम्बर २९ तारिख शुक्रबार दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म, डिसेम्बर ३० शनिबार साँझ ५ बजे देखि ९ बजेसम्म र डिसेम्बर ३१ आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म पूजा गरिने भएकोले ईस्टमित्र र शुभ चिन्तक सम्पूर्णलाई पूजामा उपस्थीत भएर मणी जप गर्न अनुरोध गरिएको छ ।