पोखरा, ५ पुष २०८०/
वैदेशिक रोजगारीका क्रममा तीन महिनाअघि मात्र कुवेत पुगेका काभ्रेका एक युवा सुतेकै स्थानमा मृत भेटिएका छन। तीन महिनाअघि मात्र कुवेत पुगेका काभ्रेको नौती नगरपालिका-२, गुर्दुमका कृष्ण तामाङ सुतेकै स्थानमा मृत भेटिएका हुन।
काठमाण्डौस्थित डीएचआर नेपाल नामक म्यानपावर कम्पनीलाई १ लाख ५० हजार हजारभन्दा बढी रकम बुझाएर कुवेत रहेको फर्स्ट ग्रुप जनरल ट्रेडिङ कन्स्ट्रक्टिङ कम्पनीमा लेवरको रूपमा काम गर्न उनी गएको सेप्टेम्बर ५ मा कुवेत उडेका थिए।
निजका साथीका अनुसार पुस १ गते राति खाना खाएर सुतेका तामाङ भोलिपल्ट विहान मृत अवस्थामा भेटिएका थिए। यसैबिच मृतक तामाङको परिवारले आफुहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै शब नेपाल ल्याउन आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका छन्। साथै शव स्वदेश पठाउनका लागि परिवारले कुवेतमा रहेको नेपाली दूतावास, एनआएन तथा विभिन्न सामाजिक संस्थालाई सहयोगको निमित्त आपिल गरेको छ।