कुवेतमा हराएका रुपन्देहीका प्रकाश गौतम मानसिक अस्पतालमा भेटिए

कुवेतमा हराएका रुपन्देहीका प्रकाश गौतम मानसिक अस्पतालमा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ मंसिर २०८०
  • 2.8K
    Shares

कुवेत गएको हप्ता दिन नहुदै हराएका रुपन्देहीका प्रकाश गौतम मानसिक अस्पतालमा भेटिएका छन्। अघिल्लो दिनदेखि युएई एक्सचेन्ज कम्पनी (UAE Exchange Company)को सेक्युरिटि गार्डमा कार्यरत रुपन्देही तिलोत्तमा वडा नम्बर १२ बुधबारेका प्रकाश गौतम नोभेम्बर ५ तारिख आईतबारदेखि सम्पर्क बिहिन भएका थिए ।

कुवेतको मुर्गाफबाट अकस्मात सम्पर्क बिहिन भएका प्रकाशको खोजीका लागि उनका आफन्तले प्रहरी र नेपाली राजदुताबासमा खबर गरेका बताइएको छ। बेपत्ता प्रकाशको खोजीमा लागेको कुवेत प्रहरीले उनलाई भेट्टाएर उपचारका लागि मानसिक अस्पतालमा पुर्याएको कुवेतमै कार्यरत उनका आफन्तले सन्चारकर्मिलाई जानकारी दिएका छन ।

प्रतिक्रिया