जापानमा पोखरा घर भएका एक व्यक्तिको मृत्यु भएको छ। बैदेशिक रोजगारीका क्रममा जापान पुगेका पोखराका ४७ वर्षका रमेश तामाङको आइतबार बिहान सुतेकै अवस्थामा मृत्यु भएको हो।
समाचार स्रोतहरुका अनुसार, जापानको तोचिगी प्रान्त निक्कोमा श्रीमती सहित बस्दै आएका तामाङ अगष्ट २६ तारिख शनिवार राती सामान्य अवस्थामा काम गरेर फर्किएपछि खाना खाएर सुतेका थिए। बिहानपख शौचालय गएर फर्किए पछि फेरी सुतेका उनि अचेत अवस्थामा पाइएपछि अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको परिवारका सदस्यले जानकारी दिएको एनआरएनए जापान तोचिगि क्षेत्रिय समितिका संयोजक सन्तोष घिमिरेले जानकारी दिए ।
अस्पतालले नसा च्यापिएर वा हृदयघातका कारण निधनको आशंका गरेपनि स्पष्ट कारण पोष्टमार्टम पछि थाहा हुने बताएको घिमिरेले बताए।
कुक पेशामा आवद्ध तामाङकी श्रीमतीले छोरा छोरी नेपालमा रहेकाले श्रीमानको शव नेपालमै लगेर दाह संस्कार गर्न ईच्छा व्यक्त गरेको प्राप्त समाचारमा जनाइएको छ।