अष्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त : तीन अमेरिकी सैनिकको मृत्यु, २० जना घाइते

अष्ट्रेलियामा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त : तीन अमेरिकी सैनिकको मृत्यु, २० जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० भाद्र २०८०
  • 2.7K
    Shares

अमेरिकी सेनाको एक हेलिकप्टर अष्ट्रेलियामा अभ्यासका क्रममा दुर्घटनाग्रस्त हुँदा तीन जना सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ।एमभी-२२बी ओस्प्रे हेलिकप्टर आइतबार अभ्यासका क्रममा टिवी टापुमा दुर्घटनामा परेको बिबिसीले जनाएको छ ।

अमेरिकी सैनिकहरू त्यहाँ अष्ट्रिलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसियाका सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गरिरहेका थिए।

दुर्घटनामा परेको हेलिकप्टरमा अमेरिकी सैनिकमात्र सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया