अमेरिकामा एक भारतीयद्वारा छ वर्षीय छोरा र श्रीमतीको हत्या गरेर आत्महत्या

अमेरिकामा एक भारतीयद्वारा छ वर्षीय छोरा र श्रीमतीको हत्या गरेर आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ भाद्र २०८०
  • 4.5K
    Shares

भारतमा मृत भेटिएका डोटीका एकै परिवारका तीन जनाको शब

अमेरिकामा एक भारतीयले आफ्नो छ वर्षीय छोरा र श्रीमतीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका भारतको कर्नाटकका आप्रवासी ३७ वर्षीय योगेश एच नागराजप्पाले आफ्नो ३७ वर्षीया श्रीमती प्रतिभा वाई अमरनाथ र छ वर्षीय छोरा यश होन्नलको हत्या गरेर आफुले पनि आत्महत्या गरेका हुन्।

प्रहरीले गत शनिबार दिउँसो कर्नाटकका मूलका तीन जनालाई बाल्टिमोर काउन्टीको एउटा घरमा मृत अवस्थामा फेला पारेको र उनीहरुको शरीरमा गोलीको निशान रहेको जनाएको थियो ।

बाल्टिमोर सन अखबारले बाल्टिमोर काउन्टी प्रहरीका प्रवक्ता एन्थोनी शेल्टनलाई उद्धृत गर्दै भने, ‘प्रारम्भिक अनुसन्धानले नागराजप्पाले दुई जनाको हत्या गरेपछि आत्महत्या गरेको देखाएको छ।’ शेल्टनले भने, ‘तीनजनाको हत्या भएको देखिन्छ। गोलीको चोटका कारण उनीहरुको मृत्यु हुनसक्छ।’

मंगलबार साँझ परिवारका सदस्यलाई अन्तिम पटक जीवित देखिएको भए पनि त्यसपछि उनीहरु नदेखिए पछि शनिवार साँझ प्रहरीले खानतलासी गरेको थियो । मृत्युको कारण भने प्रमुख चिकित्सा अधिकृतको कार्यालयले पोस्टमार्टम गरेपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

बाल्टिमोर काउन्टीका कार्यकारी जोनी एलेसजेव्स्कीले एक विज्ञप्तिमा भने, ‘यस डरलाग्दो कार्यमा निर्दोष पीडितहरूको क्षतिबाट म गहिरो चोट र दुःखी छु, यस दुखद घटना पछि परिवार र समुदायका सदस्यहरूलाई हामी सक्दो सहयोग गर्नेछौं।’

पीडितहरू वरपरका मानिसहरूबाट खतरामा नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया