नेपाल फर्किने तयारीमा रहेका एक नेपाली युवा कोरियामा मृत भेटिएका छन्। नेपाल पांचथर घर भएका भुपेश नेम्बाङ शुक्रबार कोरियाको उल्सान नदी किनारमा मृत भेटिएका हुन् ।
१३ दिन अघि फेसवुकमा स्टोरिमा ‘अल बिदा’ लेखेर बेपत्ता भएका नेम्बाङको शब उल्सान नदिमा फेला परेको कोरियाको प्रहरीलाई उद्दृत गर्दै दूतावासले जनाएको छ । उनी कोरियाको दक्षिणी ठूलो शहर थेगुबाट बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा प्रहरीले थेगु शहर नजिक बग्ने नाग्दोङ नदिको किनारमा ३ दिनपछि साइकल फेला पारेको थियो ।
उनको आत्महत्या हो कि हत्या भन्ने अहिले पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको स्थानीय अधिकारीले जानकारी दिएको कोरियामा रहेका एक नेपालीले बताए ।
खेलप्रेमी तथा हाँसी मजाक गर्ने स्वभावका नेम्बाङ कोरिया आएको पाँच बर्ष सकिनै लागेको र कमिटेड कामदारको रुपमा कोरिया आउने तयारीमा रहेका थिए । सधै हासो मजाक गरिरहने रमाईलो गर्ने ब्यक्तिले यसरी बेपत्ता होला भनेर नसोचेको नजिकका साथीहरु बताउँछन् ।
बेपत्ता हुने दिन पनि अबेरसम्म रमाईलो गरेको र राती बाहिर निस्केर भोलि पल्ट काममा नआएपछि उनको खोजी कार्य शुरु गरेको कम्पनिमा कार्यरत साथीहरु को भनाई छ । खोजी गर्दै जादा नदि किनारमा उनले प्रयोग गर्ने साईकल भेटिएको थियो भने नजिकैको प्रतिक्षालयमा उनको पर्स भेटिएको थियो ।
कम्पनिका साथीहरु स्थानिय निकाय र प्रहरुले उनको खोजी कार्य तिब्र पारेको थियो । कोरियामा निरन्तर बर्षाका कारण पानी धमिलो र पानीको वहाव अत्याधिक भएकोले लामो समय सम्म खोजि कार्य सहज हुन सकेको थिएन ।